प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुको साथै मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा आवश्यक निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले शान्ति सुरक्षा कायम राख्न, मानवअधिकारमा सम्वेदनशील रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागि आवश्यक तयारी गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुको साथै बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतले ३ महिनामा सम्पादन गरेका कृयाकलाप प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, जिल्ला प्रहरी कार्यालय चितवन तथा मकवानपुर, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

