आज सेयर बजार उकालो यात्रा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ विन्दुमा पुगेको छ । नेप्से ०.८८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.५४ अंकले बढेर ३५८.१४ विन्दुमा पुगेको छ ।लगातारको गिरावटपछि आज (मंगलबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
कूल २२९ वटा कम्पनीको २१ लाख ७ हजार ७ सय ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ६६ करोड ३० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र होटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ ।
मंगलबार रिडी पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २ करोड ८५ लाख ३१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । संस्थाको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर एक हजार ३ सय ८ रूपैयाँ ९० पैसा पुगेको छ ।
यस दिन गरिमा डिबेञ्चर २०८५ को मूल्यमा नकारात्मक सर्किट लागेको छ । उक्त डिबेञ्चरको मूल्य १० प्रतिशतले घटेर ८ सय १० रूपैयाँ ९० पैसामा झरेको छ ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

