ट्युनिसियामाथि ब्राजिलको फराकिलो जित
एजेन्सी । ब्राजिलले ट्युनिसियामाथि ५–१ गोल अन्तरको फराकिलो जित निकालेको छ।गए राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई जिताउन रिफिन्हाले दुई गोल गरेका थिए। थप गोल रिचार्लिसन, नेयमार र पेड्रोले गरे।ट्युनिसियाका लागि मोन्टासार टाल्बीले एक गोल फर्काए। खेलको ४२ औं मिनेटमा ट्युनिसियाका डिलान ब्रोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
खेलको ११ औं मिनेटमा रिफिन्हाले गोल गर्दै ब्राजिललाई सुरूआती अग्रता दिलाए। १८ औं मिनेटमा ट्यूनिसियाका टाल्बीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर लगत्तै १९ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई पुन अग्रता दिलाए। त्यसपछि नेइमारले २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता ३(१ मा पुर्याए।
४० औं मिनेटमा रिफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीलाई पहिलो हाफमै ४(१ ले अघि बढाए। दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको ट्युनिसियामाथि ब्राजिलले थप एक गोल गर्यो। खेलको ७४ औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिलको फराकिलो जित पक्का गरे।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

