Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाको बली दिइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १८
जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाको बली दिइयो

काठमाडौँ । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बली दिइएको छ ।

आज बिहानसम्म राजदेवी मन्दिरमा १५ हजार बोकाको बली दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मनोकामना पूरा हुने विश्वासका साथ भाकल गरेका भक्तजनहरूले राजदेवी मन्दिरमा बोकाको बली दिने गरेका छन् ।

बली चढाउन धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी र रौतहटका साथै छिमेकी देश भारतको बिहार राज्यका सितामाढी, मधुवनीसहितका विभिन्न स्थानहरूबाट समेत भक्तजन आउने गर्दछन् ।

Top Changing Nepal

युट्युब सट्स