किन काठमाडौँमा चिसो बढ्यो
काठमाडौँ । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ ।
त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव प¥र्यो । जसका कारण मनसुन झण्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आखिर किन चाँडै चिसो बढ्यो त महाशाखाका मौसमविद् हिरा भट्टराई भन्नुहुन्छ, “जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महशुस गरिएको छ । घाम खुलेर लागेपछि व्यालेन्समा आउँछ तापक्रम ।”
उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ ।
पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौँमा केही चिसो महशुस गरिएको मौसमविद् भट्टराईले बताए । उनले भने, “बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडो याम सुरु भएको होइन । लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो ।”
मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ । अहिले मनसुन सकिने क्रममा छ । नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडो याम मानिन्छ । “जाडो सुरु भइसकेको अवस्था हैन, दुई तीन दिन ठूलो पानी प¥र्यो पानी परेपछि तापक्रम तल झर्छ । सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ । आजदेखि घाम लाग्न थालेको छ । घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ ।
काठमाडौँमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो । पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनता तापक्रम घटेकाले चिसो बढेको जनाइन्छ । विगत तीन दिनयता काठमाडौँका न्यूनतम १७ र अधिकतम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ । यद्यपि, आज विहानैदेखि काठमाडौँमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ । केही दिनयतादेखि काठमाडौँमा बिहान र बेलुका बढी चिसो महशुस गरिएको छ ।
यी क्षेत्रमा वर्षा भइरहेको छ
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । मौसमविद् भट्टराईका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । दाङमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर वर्षा भएको छ । बर्दियाको राजापुरलगायत क्षेत्रमा वर्षा भइरहेको छ । त्यहाँ १६ मिलिमिटर वर्षा मापन गरिएको छ । कर्णाली प्रदेशको अछाम, सुर्खेतलगायत स्थानमा वर्षा भइरहेको हो ।
त्यस्तै अहिले गण्डकी प्रदेशका पूर्वी भेग र प्रदेश १ को विराटनगरमा सामान्य मौसम बदली रहेको छ । बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन


