ओलाले सस्तो स्कुटर यही महिना सार्वजनिक गर्दै, कति होला मूल्य रु
काठमाडौँ । चर्चित दुईपांग्रे इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले सस्तो इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । ओलाका सीईओ भाविश अग्रावलले ट्वीटमार्फत नयाँ स्कुटर ल्याउने जानकारी गराएका हुन् ।
कम्पनीले हाल १ लाख भारतीय मूल्य र १ लाख ४० हजार भारतीय मूल्यका स्कुटर विक्री गर्दै आएको छ । सीईओ अग्रवालका अनुसार यो पटकको फेस्टिभ सिजनलाई लक्षित गरेर २२ अक्टोवरमा कम्पनीले नयाँ स्कुटर बजारमा ल्याउने छ । उनले अन्य जानकारी भने बाहिर ल्याएका छैनन् ।
निकै चर्चा कमाएको ओलाको ब्यापार केही महिना यता व्यापक रूपमा घट्दो क्रममा रहेको छ । यसलाई मध्येनजर गर्दै कम्पनीले भारी छुटमा हाल भएका स्कुटरहरू विक्री गरिरहेको छ ।
गत महिनाको सेल्समा ओलाले ५ पहिलो स्थान गुमाउँदै टप ५ बाट बाहिरिएको थियो । ओलाले हाल उपलब्ध एस १ को तुलनामा केही कम फिचर भएको नयाँ स्कुटर ल्याउने छ ।
ओला एस १ प्रोको तुलनामा एस १ को मूल्य तथा फिचरसमेत कम रहेको छ । कम्पनीले लो बजेट ग्राहकलाई लक्षित गरेर ८० हजार भारतीय रुपैयाँ हाराहरीको नयाँ स्कुटर सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

