Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आजको मौसम यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २७
आजको मौसम यस्तो रहेको छ

काठमाडौँ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स