Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आज सुनको मुल्य यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २७

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले घटेको छ। बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स