स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्तिस् बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्ति भएको आरोप लगाएका छन् । आज बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम९लोकतान्त्रिक गठबन्धनले प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै डा.भट्टराईले यस्तो बताएका हुन् ।
नागार्जुन-४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उने भने,’स्वतन्त्र उम्मेदवारी, लोकतन्त्रविरोधी प्रवृत्ति हो ।’ साथै, भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वामऔलोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम – लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको उनले बताएका हुन् ।
उनले अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याएका छन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले देश, संविधान र लोकतन्त्र जोगाउन वाम – लोकतान्त्रिक गठबन्धनको भूमिका महत्वपूर्ण रहेकाले आसन्न निर्वाचनमा लोकतन्त्र र संविधान पक्षधरलाई जनताले विजयी गराउने बताए ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख का उम्मेदवार अमिन पाण्डेले संविधानको रक्षा गरी प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताएका छन् । प्रचार कार्यालयमार्फत अब चुनावकेन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताए ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

