खाज सेयर बजार यस्तो
काठमाडौँ । साताको पहिलो कारोबार दिन आज (आइतबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९।६९ अंकले घटेर १८६०।९४ विन्दुमा झरेको छ । नेप्से ०।५२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १।७२ अंकले घटेर ३६५।४२ विन्दुमा झरेको छ ।
कूल २२१ वटा कम्पनीको २५ लाख ७४ हजार ७ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ८० करोड ३५ लाख २५ हजार ५ सय ३३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये वाणिज्य बैंक र उत्पादन तथा प्रशोषन बाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।
आइतबार एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ४७ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य ९।९९ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ३४ रूपैयाँ ६० पैसा पुगेको छ ।
यस दिन पिपुल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ५५ रूपैयाँ ७० पैसामा झरेको छ । दोश्रो बजारमा कम्पनीको कारोबार आजैबाट मात्र सुरू भएको हो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


