कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि पक्राउ गर्यो प्रहरीले
काठमाडौँ । अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए। स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुर्याएको भन्दै उनीविरुद्ध चार वटा जाहेरी परेको थियो।
उक्त मुद्दामा अनुसन्धान गरी सोमबार सरकारी वकिल कार्यालयमा अभियोग पत्र बुझाएको एसएसपी बोहराले बताए। उनको अनुसन्धानको अभियोग पत्र सोमबार सरकारी वकिल कार्यालयमा पेश गरेका थियौं। सोमबार उक्त मुद्दा हेर्न नभ्याएपछि ल्याइएको हो, उनले भने, बुधबार सरकारी वकिलले मुद्दा हेर्छन्। भदौ १२ गते पक्राउ परेका उनलाई कोरोना संक्रमण भएपछि भदौ २३ गते तारेखमा छाडिएको थियो।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद(१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसूर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

