भिभोको भी २५ बजारमा सार्वजनिक
काठमाडौं । भिभोले भी २५ सिरिज बजारमा सार्वजनिक गरेको छ । युवाहरूलाईमा सशक्त बनाउन उत्कृष्ट आविष्कारहरू समर्पित गर्दै आएको भिभोले नयाँ उत्पादनहरु आकर्षक बनाउदै आएको छ ।
युवाहरुको व्यावसायिक र व्यक्तिगत प्रयासहरू अभिवृद्धि गर्न भी सिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्ती भन्दा केही नयाँ र अद्वितीय विशेषताहरु थप्नका साथै डिजाइन र कार्यसम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाएको छ । त्यस्तै, पछिल्लो भी सिरिजका स्मार्टफोनहरू–भी२५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा उपलब्ध छन् ।
भिभो भी२५ सिरिजमा कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ । एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषित गर्दै नयाँ उपलब्धिलाई सफलतापूर्वक मापन गरेको छ ।
पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ र प्रयोगकर्ताहरूलाई जीवन्त विवरणहरू सहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिने भिभोले जनाएको छ ।
भी २५ सिरिजमा बोकेह फ्लेयर पोट्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी सुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ । त्यस्तै, भी२५ फाइभजी मा ५०एमपी अटोफोकश एचडी पोट्र फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ ।
भी२५ ई मा ३२ एमपी एफएफ फ्रन्ट क्यामेरा प्रदान गर्दछ जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै, प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउँनका लागि भिभो भी २५ सिरिजमा उन्नत भिडियो–सम्पादन सफ्टवेयर छ ।
भिभो भी२५ सिरिजमा ४४ वाट फ्ल्यास चार्ज छ जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै ४ हजार ५ सय एमएएच को विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ ।
भी२५ सिरिजको उच्च कार्यसम्पादनको बारेमा कुरा गर्दा, दुबै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्– भी२५ फाइभजी मा मिडियाटेक डाइमेन्सटी ९ सय प्रोसेसर छ र भी२५ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ । साथै स्मुद पर्फमेन्शका लागि दुवै स्मार्टफोनमा एक्सटेन्डेड ¥याम ३ रहेको छ जसले यी स्मार्टफोन दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट बनाउँछ ।
भिभोका स्मार्टफोनहरूमा डिजाइन, कार्यसम्पादन र अनुपम शक्तिका पाउँन सकिन्छ । यसले नवीनतम आविष्कारहरूद्वारा स्मार्टफोन बजारमा आफ्नो अलग पहिचान बनाएको छ र नयाँ भिभो भी२५ सिरिजले उपभोक्ताहरूलाई उद्योगकै सर्वोत्कृष्ट प्रविधि र डिजाइन उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


