मुद्दा दर्ता गर्न कमेडियन अपूर्व क्षितिजलाई लगियो अदालत
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दा दर्ता गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गर्न अदालत लगिएको सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। स्ट्यान्डअप कमेडी गर्दा नेवास् समुदायमाथि चोट पुर्याएको भन्दै उनीविरूद्ध मुद्दा परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त दिन कार्यालयले मुद्दा हेर्न नभ्याएको भन्दै प्रहरीले पुनस् अपूर्वलाई हिरासतमा लिएको थियो।
‘अपूर्वको अभियोग दर्ता गर्न अदालत लगिसकेको छ। दर्ता भएपछि बयान लिने काम हुन्छ। अनि इजलासले आदेश दिन्छ,’ सहन्यायाधीवक्ता न्यौपानेले भने।भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको हो।उनलाई सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाडिएको थियो। नेवा अभियन्ताहरूले अपूर्वविरूद्ध चारवटा शीर्षकमा जाहेरी दिएका थिए।
उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद(१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५, सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने कसुर, दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो। कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड(अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो। ‘नेवारको परम्परा’शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।
त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए। यसमा माफी हुन नसक्ने भन्दै अभियन्ताको समूह जाहेरी लिएर प्रहरीकहाँ पुगेको थियो। पछि फेरि उनीहरूले नै चौकीमा उपस्थित भएर अपूर्वले पाउनुपर्ने सजाय पाइसकेको भन्दै उनलाई छाड्न मौखिक अनुरोध गरेका थिए।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


