नेप्से दोहोरो अंकले घट्यो
काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा झरेको छ । नेप्से ०.६९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६६ अंकले घटेर ३६२.९६ विन्दुमा झरेको छ ।
कूल २१६ वटा कम्पनीको २१ लाख ५१ हजार ७ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार ९ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र होटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
आज सोल्टी होटेलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ करोड ७२ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन पिपुल्स पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७. ४७ प्रतिशतले घटेर प्रतिकित्ता २ सय १३ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


