Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

स्रोत नखुलेको २० लाखसहित धनुषाबाट पक्राउ परे २ युवा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ३
स्रोत नखुलेको २० लाखसहित धनुषाबाट पक्राउ परे २ युवा

काठमाडौँ । स्रोत नखुलेको २० लाख रूपैयाँसहित धनुषाबाट २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको इनरूवा नगरपालिका ६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गए राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार युवामाथि धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोलाभित्र उक्त रकम बरामद भएको थियो।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुवै जनालाई नगदसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग काठमाडौं पठाउने तयारी छ।

naima expoTop Changing Nepal

युट्युब सट्स