अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्दै
काठमाडौँ । नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्ने भएको छ । अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभीएसन एडमिनिष्ट्रेसनको एक मिसनले नेपालको हवाई सुरक्षाको अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
उनका अनुसार यो मिसनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ०ले हेर्ने गरेका विभिन्न ८ क्षेत्रहरुमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्नेछ । आईकाओले यसै वर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालले प्राप्त गरेको छ ।
जसमा तोकिएका क्षेत्रमा नेपालले प्राप्त गरेको परिपालनाको दर ७०।१ प्रतिशत पुगेको छ । यसबाट अन्य अन्तर्राष्ट्रिय निकायको अडिटलाई समेत सहज भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले केही साता अगाडि स्वीट्जरल्याण्डसँग हवाई सेवा सञ्चालनबारे सहमति गरेको छ । यस्तै सहमतिसँगै हवाई सेवा सम्झौताको तयारी अमेरिकासँग समेत अगाडि बढेको छ । त्यसअगाडि अमेरिकी नियामक निकायबाट नेपालको हवाई सुरक्षाबारे अध्ययन हुन लागेको हो ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

