पोखरीमा डुबेर उदयपुरमा एकको मृत्यु
जानकारी केन्द्र
२०७९, कार्तिक, ३
उदयपुर । उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ । त्रियुगा नगरपालिका- ६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका- ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो ।
गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन् ।
गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो ।
मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


