Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पाल्पामा बहुलाहा कुकुरले टोकेर एकैदिन २८ जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ४
पाल्पामा बहुलाहा कुकुरले टोकेर एकैदिन २८ जना घाइते

पाल्पा । पाल्पामा भुस्याहा कुकुरको विगविगी बढेको छ । बिहीबार बेलुकासम्म माथागढी गाउँपालिकास्थित विभिन्न क्षेत्रका २८ जना बढीलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको स्थानीयले बताएका छन् ।

माथागढीको वडा नं १ का अध्यक्ष राजकुमार पन्थीका अनुसार भुस्याहा कुकुरको टोकाइबाट एकैदिन २८ जना बढी घाइते भएका हुन् । एउटै कुकुरले केहीको अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेपछि उपचारका लागि रातारात तानसेनस्थित पाल्पा अस्पताल र युनाइटेड मिसन अस्पतालमा पठाइएको छ ।

एकैदिन कुकुरले चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले, खहरे, सराई आसपासका नागरिकलाई टोक्दै भाग्दै गरेको हुँदा स्थानीय त्रसित भएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स