Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ५
जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

काठमाडौं । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ।

जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ। विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले कटौती आएको छ।

२०७८ साउन, भदौ र असोजमा नयाँ कित्ताकाट ४ लाख ४१ हजार ७ सय ७० कायम गरिएको थियो भने २०७९ साउन, भदौ र असोजमा देशभर नयाँ कित्ताकाट ५६ हजार ३ सय ६० मात्र कायम गरिएको छ। यो भनेको २०७८ साउन, भदौ र असोजको तुलनामा २०७९ साउन, भदौ र असोजमा ३ लाख ८५ हजार ४ सय १० ले कमी हो।

विभागका अनुसार २०७८ साउनमा नयाँ कित्ताकाट १ लाख ६५ हजार ७ सय ९९, भदौमा १ लाख ४८ हजार १ सय ६८, तथा असोजमा १ लाख २७ हजार ८ सय ३ कायम गरिएको थियो। तर २०७९ साउनमा नयाँ कित्ताकाट १५ हजार ३ सय ५, भदौमा २१ हजार ८ सय ७७ र असोजमा १९ हजार १ सय ७८ नयाँ कित्ताकाट कायम गरिएको छ।

नयाँ कित्ताकाटको संख्या घटेपछि राज्यले ठूलो परिमाणमा राजस्व गुमाएको छ। नागरिक दैनिकबाट

naima expoTop Changing Nepal

युट्युब सट्स