Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेप्सेको नयाँ वेबसाइट कात्तिक देखि संचालनमा आउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ६
नेप्सेको नयाँ वेबसाइट कात्तिक देखि संचालनमा आउने

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से  को नयाँ वेबसाइट कात्तिक २७ गतेबाट संचालनमा आउने भएको छ। नेप्सेले आज एक सूचना सार्वजनिक गर्दै नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा संचालनमा ल्याउने जनाएको हो । साथै, नेप्सेले उक्त सूचनामा सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी कार्तिक २५ गतेभित्र अनिवार्य रुपमा लिन आग्रह गरेको छ।

कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने हुँदा पुरानो वेबसाइट अन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने सूचनामा उल्लेख गरिएको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स