प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाइडिङ आजदेखि सुरु
काठमाडौँ । प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ खेलका क्रममा दुर्घटना हुँदा निसिमको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान गर्नका लागि अनिश्चत समयसम्मको प्रतिबन्ध लगाएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमति दिएको हो ।
प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थामा परीक्षण हुनुपर्ने, तोकिएका पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट राख्नुपर्ने, तोकिएको क्षेत्रमा मात्र उडान गर्नुपर्ने, उडानमा प्रयोग हुने ग्लाइडरको परीक्षण गराएर उडान अनुमति प्राप्त गर्नुपर्ने र आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नुपर्ने शर्त राखेको र उक्त सर्त १५ दिन भित्र पूरा गर्न नेपाल हवाई खेलकुद सस्था ९ना० सहमत भएपछि प्याराग्लाईडिङ खेलहरु सोमबारदेखि सुचारू भएको हो ।
नवौँ राष्ट्रिय खेलकुदको दौरान भएको दुर्घटनापछि सुरक्षित उडानका लागि सुझाव दिन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको नेतृत्वमा दुई सदस्यीय कमिटी गठन गरिएको थियो।
उक्त कमिटीले प्रारम्भिक प्रतिवेदन बुझाउँदै केहि सुझावहरु दिएको थियो। प्रतियोगिता दौरान भएको दुर्घटनापछि देशभरको प्याराग्लाइडिङ उडानमा प्राधिकरणले रोक लगाएको थियो।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


