आज खण्डग्रास सूर्यग्रहण, आठ राशीमा ग्रहणको प्रभाव नकारात्मक
काठमाडौँ । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भने ।
दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।
सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए । बालक, बृद्ध र विरामीहरु बाहेक अन्यको लागि भोजनादि निषेध छ । सूर्यग्रहण सकिएपछि भोलिपल्ट बिहान सूर्योदय भएपछि मात्र भोजन गर्ने गरिन्छ ।
त्यसलाई निशी बार्ने भनिन्छ । जसका माता पिता दुवै जनाको मृत्यु भएको छ भने मात्र औँशीको दिन निशी बार्ने चलन छ । आज बिहान सूर्योदय ६ः१० मा भएको छ भने सूर्यास्त ५ः२६ मा हुनेछ । चित्रा नक्षत्र, विष्कुम्भ योग, चन्द्रमा तुला राशिमा रहेको छ । आजका देवता यमराज र ग्रहदेव शनि रहेको छ । आजको दिन इष्टदेव, कुलदेवको स्मरण, ध्यान, जप, योगमा दिन विताउनु उत्तम हुनेछ ।
ग्रहणका विभिन्न दोषहरु हुन्छन । विभिन्न राशि भएका ब्यक्तिलाई, लाभ, हानी, कष्ट भनिए पनि सबैका लागि ग्रहणको प्रभाव नकारात्मक हुने गर्दछ । त्यसैले आजको दिन मौन रहनु, उत्तम हुन्छ । कुनै नयाँ काम र नयाँ कार्यलाई पनि निषेध गरिएको छ । कसैसँग पनि विवाद हुने कुरा र काम त गर्दै गर्नु हुँदैन । भगवननाम स्मरण नैं आजको दिनको सबैभन्दा ठूलो उपलब्धी हो ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


