Jankari Kendra
२८ श्रावण २०८३, बिहीबार
Worldlink

आजको मौसम यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ८
आजको मौसम यस्तो रहेको छ

काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागहरुमा आंशिक वदली रही बाँकी भू- भागहरुमा मौसम सामान्यता सफा रहेको छ।

आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू – भागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती प्रदेश १ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरु र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स