नेपाली मदिरा ८८४८ भोड्का र ओल्ड दरबारले जिते अन्तर्राष्ट्रिय मेडल
काठमाडौँ । यती डिस्टिलरी प्रालिका उत्पादनहरूले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट साबित भई दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् । यतीका उत्पादन ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट प्रतिस्पर्धा ९एसएफडब्लुएससी० २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेका हुन् ।
यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यती डिस्टिलरीका अनुसार ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको हो । हालसम्मकै सबैभन्दा बढी प्रतिस्पर्धीहरूको सहभागिता रहेको वर्ल्ड स्पिरिट प्रतिस्पर्धामा यती डिस्टिलरीका यी उत्पादनहरू उत्कृष्ट साबित भई मेडल जितेका हुन् ।
एसएफडब्लुएससीका अनुसार यो प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ ‘उपलब्धिको उच्चतम बिन्दु नजिकै पुगेको असाधारण मदिरा’ भन्ने हुन्छ । डबल गोल्डको अर्थ ‘विश्वका अत्युत्तम उत्पादनमध्येको एक’ भन्ने हुन्छ। प्रतिस्पर्धाका सहभागीलाई पूर्वनिर्धारित मापदण्डका आधारमा कास्य ९ब्रोन्ज०, रजत (सिल्भर), स्वर्ण (गोल्ड), दोहोरो स्वर्ण (डबल गोल्ड) र प्लेटिनम मेडल दिइने आयोजकको भनाइ छ ।
विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरूले गत अप्रिलमा दुई हप्ता समय लगाएर पाँच हजार कम्पनीका मदिराहरूको मूल्यांकन गरेका थिए ।
सन् २००० देखि सुरू भएको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट प्रतिस्पर्धा उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा भएको बताइएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


