Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सोमालियामा बम विस्फोट हुँदा १०० जनाको मृत्यु, ३०० जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १३
सोमालियामा बम विस्फोट हुँदा १०० जनाको मृत्यु, ३०० जना घाइते

काठमाडौँ । सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको दुई कार बम विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै ३०० जना घाइते भएका छन् । सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै घटनाको बारेमा जानकारी दिएका छन् ।

शिक्षा मन्त्रालयबाहिर बम विस्फोट भएको हो । उनले पीडितको संख्या बढ्न सक्ने बताएका छन् । राष्ट्रपति हसन शेखले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भन्दै तत्काल स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका थिए ।

आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन, यद्यपि राष्ट्रपतिले इस्लामवादी समूह अल शबाबलाई दोष दिएका छन् । अल शबाबले भने यसलाई अस्वीकार गरेको छ । सन् २०१७ मा सोही स्थानमा बम विस्फोट हुँदा ५०० भन्दा बढीको मृत्यु भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स