भक्तपुरमा कार, मोटरसाइकल र बस दुर्घटनामा घाइते भएका बालकको मृत्यु
काठमाडौँ । भक्तपुरमा तीन वटा सवारीसाधन दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-५ सृजनानगरमा दुर्घटना भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार कार, मोटरसाइकल र बस दुर्घटनामा परेका हुन्।
जगातीबाट काठमाडौं आउँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार ६ वर्षीय बालकको मृत्यु भएको डिएसपी पाण्डेले बताए। मोटरसाइकल चालक दोलखा घर भई काठमाडौंको बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते छन्। उनका ६ वर्षीय छोरा आर्जनको उपचारको क्रममा मृत्यु भएको हो।
उनको आइतबार बिहान नर्भिक अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाण्डेले बताए। ढावाको भने मध्यपुर ठिमीमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना हुनुअघि एक जनाले बाटो काटेको देखिएको छ। जसले गर्दा कारले ब्रेक लगाएको थियो। ब्रेक लगाउँदा पछाडिबाट आउँदै गरेको मोटरसाइकल कारमा ठोक्किएर लडेपछि एकै दिशामा गुडिरहेको बसले उनीहरूलाई किचेको हो।
मोटरसाइकलमा मृतककी आमा पनि सवार थिइन्। तर उनलाई भने केही नभएको प्रहरीले जनाएको छ।प्रहरीले अनुसन्धानको लागि बसका चालक दोलखाका २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुरकी २६ वर्षीया रिया कायस्थलाई पक्राउ गरेको छ। यस घटनाको अनुसन्धान प्रहरी वृत्त जगातीले गरिरहेको परिसरले जनाएको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

