Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

जुवातास खेल्ने सात जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १४
जुवातास खेल्ने सात जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ चमती बस्ने ४२ वर्षीया दिलमाया पोडेको घरमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ८० रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स