अष्ट्रेलियाको हवाई अड्डामा बमवर्षक विमान पठाउँदै अमेरिका
काठमाडौँ । अमेरिकाले उत्तरी अष्ट्रेलियाको हवाई अड्डामा ६ वटा आणविक क्षमता भएका बी–५२ बमवर्षक विमानहरू पठाउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन ९एबीसी०का अनुसार वासिंगटनले अष्ट्रेलियाको उत्तरी क्षेत्रको डार्विन शहरबाट करिब ३०० किलोमिटर ९१८५ माईल० दक्षिणमा रहेको टिन्डल एयर बेसमा विमानका लागि समर्पित सुविधाहरू निर्माण गर्ने विस्तृत योजना बनाएको छ ।
अष्ट्रेलियाको रक्षा विभागले प्रतिवेदनबारे कुनै टिप्पणी गरेको छैन । तर, अमेरिकी वायुसेनाको भनाइ उदृत गर्दै एबीसीले लेखेको छ, ‘अष्ट्रेलियामा बमवर्षकहरू तैनाथ गर्ने क्षमताले घातक वायु शक्ति प्रक्षेपण गर्ने हाम्रो क्षमताको बारेमा हाम्रा विरोधीहरूलाई कडा सन्देश पठाउँदछ ।’
विश्लेषकहरूले एबीसीलाई भनेका छन् कि यो कदम चीनको लागि एक चेतावनी हो । चीनले ताइवानको स्वशासित टापुमा आक्रमण गर्न चेतावनी दिँदै आएको छ ।
नयाँ अमेरिकी सुरक्षा केन्द्रका बेक्का वासेरले भने, ‘मुख्य भूमि चीनमा पुग्न सक्ने र सम्भावित रूपमा आक्रमण गर्न सक्ने बमवर्षकहरू चीनलाई ताइवानमाथिको कुनै पनि कार्यले थप विस्तार गर्न सक्ने संकेत पठाउन धेरै महत्वपूर्ण हुन सक्छ । ’
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

