तिहार पछिको पहिलो कारोबार दिन आज नेप्से उकालो यात्रामा
काठमाडौँ । तिहार बिदापछिको पहिलो कारोबार दिन आज सोमबार नेप्सेले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ । नेप्से ०.८८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको छ ।
कूल २२४ वटा कम्पनीको २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये विकास बैंकबाहेक बाँकी सबै उपसमूह उकालो लागेका छन् ।
आज एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, सोमबार सयपत्री हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय १३ रूपैयाँ ५० पैसा पुगेको छ ।
त्यसैगरी, यस दिन अपर हेवाखोलाको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.१६ प्रतिशतले घटेर ३ सय ३९ रूपैयाँ ८० पैसामा झरेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

