Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नारायणीमा डुंगा पल्टियो, तीनको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १५
नारायणीमा डुंगा पल्टियो, तीनको मृत्यु

काठमाडौँ । पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् ।

डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स