न्युजिल्यान्ड र इङ्ग्ल्यान्ड भिड्दै
काठमाडौँ । आईसीसी पुरुष टी- २० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा जारी छ । सुपर १२ अन्तर्गत समूह एक मा दुवै टोली पुछारमा छन् । दुवै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ ।
समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान पुछार तथा छैटौँ स्थानमा छ । दोस्रो खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने दुई बजे आमुनेसामुने हुनेछन् । दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ । जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ । इङ्ग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।
आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इङ्ग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंकसहित दोस्रो स्थानमा छ । आज इङ्ग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समीकरण निकै रोचक बन्नेछ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

