Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

शनिबार रातीको भूकम्पले बझाङका १०० घरमा क्षति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २७
शनिबार रातीको भूकम्पले बझाङका १०० घरमा क्षति

काठमाडौं । गएराति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङका १०० घरमा क्षति पुर्‍याएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५. ४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पुर्‍याएको हो।

गाउँपालिकाभरिका करिब १०० घर भूकम्पका कारण चर्किएको र केही घर भत्किएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। भूकम्प आएपछि शनिबार राति स्थानीय त्रसित भएका थिए। उनीहरु डरले रातभर घर बाहिर आगो तापेर बसेरका थिए।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स