Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यी हुन् मंसिर ४ मा बिना पास चल्न पाउने सवारी साधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २७

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधनले सवारी अनुमति पत्र लिनु नपर्ने निर्णय गरेको हो ।

यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चार गृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनले पनि सवारी अनुमति पत्र लिनुपर्ने छैन ।

दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधनले पनि सवारी अनुमति लिनुपर्ने छैन ।

naima expoTop Changing Nepal

युट्युब सट्स