Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले जित्यो टी–२० विश्वकपको उपाधि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, २८
पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले जित्यो टी–२० विश्वकपको उपाधि

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार भएको खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। इंग्ल्यान्डले एक ओभर बाँकी रहँदै जित निकाल्यो। २०१० पछि इंग्ल्यान्ड च्याम्पियन बनेको हो। साथै इंग्ल्यान्ड एकदिवसीय विश्वकपपछि टी–२० विश्वकप जित्ने पहिलो देश बन्यो।

इंग्ल्यान्डले १२ वर्षपछि टी–२० विश्वकपको उपाधि जित्दा बेन स्टोक्सले ५२ रनको अर्धशतकीय अविजित इनिङ खेले। त्यस्तै उसका लागि थप स्कोरका रुपमा मोइन अलीले १९ रन बनाए। त्यसअघि जोस बटलरले २६ रन बनाउँदा फिल साल्टले १० रन बनाए। त्यस्तै ह्यारी ब्रुक्सले २० रन बनाएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको सामान्य लक्ष्य दिएको थियो। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि सन मसुदले ३८ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै कप्तान बाबर अजामले ३२ रन बनाउँदा सादव खानले २० रन बनाए। त्यस्तै ओपनर मोहम्मद रिजवानले १५ रन बनाउँदा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

इंग्ल्यान्डका लागि साम कुरानले सर्वाधिक ३ विकेट लिँदा आदिल रसिद र क्रिस जोर्डनले समान २–२ विकेट लिएका थिए। थप १ विकेट बेन स्टोक्सको नाममा रह्यो।

Top Changing Nepal

युट्युब सट्स