मेसी भन्छन्- ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकपको उपाधि दाबेदार
काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ को उपाधि जित्ने मुख्य दाबेदार रहेको बताएका छन् । मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रुपमा देखेका छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लागि पर्नेछन् । ‘जब हामी दाबेदारबारे कुरा गर्छौं । हामी सधैं एउटै टिमका बारेका कुरा गर्छौं,’ साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘मैले कुनै टिमलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्य टिमभन्दा अली माथि छन् । तर विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ ।’
कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । मेसीको यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् । त्यसैले यस पटक मेसीकै लागि उपाधि जित्न अन्य खेलाडी पनि मोटिभेट भएका छन् । ‘हामी धेरै उत्साहित छौं । हामी राम्रो समूहमा छौं तर हामी विस्तारै अघि बढ्ने सोचमा छौं,’ मेसीले भने, ‘हामी विश्वकप राम्रो तरिकाले सुरु गर्ने आशमा छौं ।’
विश्वकप फुटबलको उदघाटन आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ । त्यसपछि मेक्सिकोसँग नोभेम्बर २६ र पोल्याण्डसँग नोभेम्बर ३० मा खेल्नेछ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


