मतदान केन्द्रमा क्यामेरा, मोबाइल, लाइटर, सलाई लैजान नपाइने
काठमाडौँ । निर्वाचन आयोगले क्यामेरा, लाइटर, सलाई, मोबाइलजस्ता वस्तुहरु मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्वयक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानूनको व्यवस्था भित्र रहेर काम गर्न गराउन निर्देशन दिएका हुन्।
न्यूज एजेन्सी नेपालसँग बुधबार कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नको निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिएका हुन्।
आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षीय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूाई निर्देशन गरेको छ। त्यसैगरी मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सूचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

