Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज कस्तो रहेको छ त सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ३०
आज कस्तो रहेको छ त सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स