गौरको कपडा पसलमा आगलागी, एकै परिवारका तीन जनाले गुमाए ज्यान
काठमाडौं । रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ माईस्थान चौकस्थित इस्लाम कपडा डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी भएको थियो ।
आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मो। इस्लाम मियाकी ९ वर्षीया रूक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीयको छोरा इमरान मन्सुरी छन् । त्यस्तै तीन जना घाइते भएका छन् ।
इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको छ । घाइतेहरूको गौर अस्पतालमा उपचार भइरहेको छ । आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


