प्रचण्ड निर्वाचनको अन्तिम नतिजाको पखाईमा, त्यसपछि माधव नेपालसँग एकता गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकता प्रक्रिया थाल्ने बताएका छन् । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएपछि एकता प्रक्रियाको थालनी गरिने उनको भनाई छ ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले भने,‘अब निर्वाचनको सबै नतिजा आएपछि हामी एउटा समिक्षा गर्छौं । अहिले भर्खरै नतिजा आउन थालेका छन् । पूर्ण नतिजा आएपछि माधवजीसँग वार्ता गरेर एकताको प्रक्रिया सुरु हुन्छ ।’
निर्वाचनको पछिल्लो मतगणनामा माओवादी केन्द्रका नेताहरु सन्तुष्ट छैनन् । प्रचण्डले चुनाव हुनुभन्दा अघि आफ्नो दल निर्वाचनपछि पनि निर्णायक तेस्रो शक्तिमा रहने बताएका थिए । र, गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो । प्रारम्भिक नतिजा हेर्दा गठबन्धन साँघुरो बहुमतर्फत नै अघि बढेको छ।
उता, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पनि माओवादीसँगको एकता थाल्नेबारे सकारात्मक जवाफ दिए । उनले आफूहरु निर्वाचनलगत्तै छलफलमा बस्ने जनाए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


