यी हुन् अहिलेसम्म जित्ने चार महिला
काठमाडौं । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवार निर्वाचित भएका छन् ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई, नेकपा माओवादीबाट एक र नेकपा एमालेबाट एक महिलाले जित हासिल गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ बाट डा।तोसिमा कार्की र काठमाडौं–२ बाट सोविता गौतम प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
तोसिमा कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दै एमालेका उम्मेदवार अमृत खड्का र उर्जामन्त्री पम्फा भुसाललाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।
काठमाडौं–२ मा २७ वर्षीया गौतमले पूर्वसभामुख ओनसरी घर्ति, नेकपा एमालेका प्रभावशाली नेता मणि फुयाल, राप्रपाकी कुन्ती पोखरेललगायतलाई जितेर विजयी भएकी हुन् । उनी १५ हजार दुई सय २९ मत प्राप्त गरि विजयी भएकी हुन् ।
नेकपा माओवादी केन्द्रकी रेखा शर्माले प्रतिनिधि सभा सदस्यमा दाङ–२ बाट जित हासिल गरेकी छिन् । उनले निटकटम प्रतिद्धन्द्धी नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २ सय मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
नेकपा एमालेकी नेता विद्या भट्टराईले प्रतिनिधि सभा सदस्यमा कास्की क्षेत्र नं। २ बाट विजयी भएकी हुन् । ४ हजार ५०३ मतान्तरले भट्टराईले प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई पराजित गर्दै १६ हजार ९९८ मत पाएर विजयी भएकी हुन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


