सर्लाही ३ मा गठवन्धनलाई पराजित गर्दै एमालेका हरि उप्रेती विजयी
सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई ७ सय ७० मतान्तरले पराजित गर्दै एमाले नेता उप्रेती विजयी भएका हुन् ।
नेता उप्रेतीले २३ हजार ९ सय ३८ मत प्राप्त गरे । त्यस्तै गठवन्धनका उम्मेदवार माओवादीका नेता साहले २३ हजार १ सय ६८ मत मात्र प्राप्त गरे । उनीहरुबीच मत गणनाको अधिकांश समय अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो । दुबै उम्मेदवारले पालैपालो अग्रता कायम गरेका थिए ।
यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार त्रिभुवन सिंहले ५ हजार ५ सय १९ मत पाए भने, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पञ्च बहादुर सिंतानले ३ हजार ५ सय ६६ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा यस चुनावमा माओवादीका उम्मेदवार साहलाई पराजित गर्दै नेकपा माओवादीका रामेश्वर राय यादव विजयी भएका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


