गठबन्धनको बहुमत आयो भने प्रतिपक्षमा बस्छौं, २०४६ पछिका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्छः शिशिर खनाल
काठमाडौं । काठमाडौं ६ का नवनिर्वाचित सांसद शिशिर खनालले पुरानो दल र नेतृत्वप्रति असन्तुष्ट मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुमोदन गरेको बताएका छन् । नयाँ सांसदले स्थानीय र राष्ट्रिय मुद्दामा जनआकांक्षा अनुसार काम गर्ने अवसर पाएको उनको स्वीकारोक्ति छ ।
‘मैले जितेपछि भीमसेनदास प्रधान सरले भेटेरै शुभकामना दिनुभयो । प्रधान सर र अर्का उम्मेदवार अग्रज व्यक्तित्व हुनुहुन्थ्यो । हामी गालीगलौज नगरी चुनावमा गयौं । शिष्टाचारपूर्वक लडियो । यो पनि राजनीतिक परिवर्तनको संकेत हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।
आफ्नो जितमा सामुदायिक काम पनि जोडिएको उनले बताए । क्षेत्रगत रुपमा सडक, खानेपानी, रोजगारीका समस्याका साथै सार्वजनिक शिक्षाको सुधारलाई उनले प्राथमिकतामा राखेका छन् । खनालले आफ्नो पार्टीले सेन्टर टु द लेफ्ट (समाजवादी धार) अँगाल्ने पनि बताए ।
नवनिर्वाचित सांसद खनालले गठबन्धनको बहुमत आयो भने पार्टी प्रतिपक्षमा बस्ने पनि औंल्याए । उनले थपे, ‘हाम्रो सहभागिताबिना सरकार नबन्ने क्रिटिकल अवस्थामा मात्र सरकारमा जान सक्छौं । मुलुकलाई फेरि आठदस अर्बको बोझ किन बोकाउने ? हामी सबैसँग समदूरीको संवादमा रहन्छौं । समीकरण कस्तो बन्छ ? हामी सरकारमा जानुपर्ने आवश्यकता हो कि होइन ? जनजीविका, शिक्षा स्वास्थ्य र रोजगारी र नेतृत्वको एजेन्डामा अलाइनमेन्ट हुन्छ कि हुन्न ?’
२०४६ पछिका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने पनि उनले बताए । रास्वपाले अहिलेको स्थितिमा समानुपातिकतर्फ १७ देखि २५ सिट ल्याउने दाबी पनि उनले गरे ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

