किसान श्रेष्ठलाई बारावासीले चाँदीको मुकुट लगाएर गरे स्वागत
काठमाडौं । बाराबाट चुनाव जितेका नवनिर्वाचित किसान श्रेष्ठलाई बारावासीले चाँदीको मुकुट लगाएर स्वागत गरेका छन्। श्रेष्ठलाई विश्ररामपुर गाउँपालिका-५ इटियाहीका स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका हुन्।जितेपछि आफ्नो क्षेत्रका मतदाताहरूसँग भेट्न घरदैलोमा पुगेका उनलाई स्थानीयले स्वागत गरिरहेका छन्।
उनीसँगै प्रदेशसभा सदस्यमा निर्वाचित भएका जितेन्द्र सोनललाई पनि स्थानीयले चाँदीको मुकुट लगाएर स्वागत गरेका थिए। गत मङ्सिर ४ मा भएको निर्वाचनमा श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। नेकपा एकीकृत समाजवादीका नेता रहेका उनले पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्।
यस्तै, सोनल भने सोही क्षेत्रको ९ख० बाट प्रदेशसभा सदस्यमा जितेका हुन्। लोसपाका नेता सोनल पनि पाँच दलीय गठबन्धनबाट नै उमेदवार भए जितेका हुन्।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

