Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

समानुपतिकमा एमालेको फराकिलो अग्रता, एकीकृत समाजवादीको पनि फड्को

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १२
समानुपतिकमा एमालेको फराकिलो अग्रता, एकीकृत समाजवादीको पनि फड्को

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ । प्रत्यक्षतर्फ १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

यता प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले  ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २३ लाख नजिक रहँदा कांग्रेससँगको अन्तर बढाउँदै करिब १ लाख बनाएको छ ।

 

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार एमालेले २२ लाख ९४ हजार ९८७ मत प्राप्त गरेको छ । कांग्रेसले २१ लाख ९७ हजार २३० मत पाएर दोस्रो स्थानमा छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा माओवादी केन्द्र ले ९ लाख ६२ हजार ८५५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २० हजार ३८२ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८५ हजार ६०२, जनता समाजवादी पार्टीले २ लाख ८२ हजार २२८, नेकपा एकीकृत समाजवादी ले २ लाख १९ हजार ५९, जनमत पार्टीले २ लाख १५ हजार ४७२, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९७ हजार ९९४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १७ हजार ११५ मत प्राप्त गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स