केपी ओलीका लागि सुकुम्बासी भोट बैंक मात्रै रहे : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरालिकाका मेयर बालेन शाहले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सके सहयोग गर्न नसके कसैका विरुद्ध प्रयोग गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् । आज साँझ फेसबुकमा स्टाटस लेख्दै बालेनले ओलीले आफ्नाविरुद्ध गरेको टिप्पणीको कटाक्ष गरेका हुन् ।
अध्यक्ष ओलीले आज काठमाडौंको च्यासलस्थित कार्यक्रममा काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएको बारे चर्को आलोचना गरेका थिए । उक्त कार्यको विरोध गर्ने क्रममा ओलीले बालेनले शक्तिको उन्माद देखाएको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणी प्रति आपत्ति जनाउँदै बालेनले उनीबाट यस्तो धराणा आउनु नै सामान्य भएको बताएका छन् ।
पटक पटक मन्त्री तथा प्रधानमन्त्री भएपनि ओलीले सुकुम्बासीका समस्या नदेखेको आरोप लगाएका छन् । साथै, ०४७ यता १४ वटा आयोग गठन भएपनि काठमाडौंका सुकुम्बासीको समस्या समाधान नहुनुमा ओली आफैं पनि जिम्मेवार भएको बालेनको दाबी छ । बरु सुकुम्बासीलाई ओलीले भोट बैेंकका रुपमा मात्रै प्रयोग गरेको उनले आरोप लगाएका छन् ।
नेवा सभ्यताको साँच्चै माया लागेको भए सुन्धारा मासेर धरहरा ठड्याइएकाप्रति पनि उनको आपत्ति छ । ‘यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदि क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन,’ उनले लेखेका छन्, ‘तर अब परिस्थिती फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

