मलेसियामा दुई नेपालीको हत्या, हत्याको आशंकामा एक नेपाली पक्राउ
दोहा । मलेसियामा दुई नेपालीको शव फेला परेको छ । मलेसियाको सेरेम्बनमा शनिबार हत्या भएको अवस्थामा दुई नेपालीको शव फेला परेको हो । त्यहाँको प्रहरीले ओकल्यान्ड कमर्सियल सेन्टरमा सुरक्षा गार्डको रुपमा कार्यरत दुई नेपालीलाई हथौडाले हानेर हत्या भएको जनाएको छ। सेरेम्बन ओसीपीडीका सहायक कमाण्डर नन्द मारोफका अनुसार स्थानीयबाट घटनाको सूचना पाए लगत्तै घटनास्थल पुग्दा तीन जना नेपाली फेला परेको, ती मध्ये दुई जना मृत भेटिएको र अन्य एकजना सकुशल थिए ।
‘मृतक दुई एकअर्काबाट टाढै ढल्केका थिए । ३५ र ४६ वर्षका दुई जनाको अनुहारमा चोट लागेको थियो, तर हामीलाई अझै फरेन्सिक जाँचको आवश्यकता छ,’ उनले भने, ‘के कारणले हत्या गरिएको हो अनुसन्धान भइरहेको छ।’ उनीहरू तीनै जनाले मादक पदार्थ सेवन गरेको र पछि आपसी झगडा हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले आक्रमणमा प्रयोग भएको हतियार पनि फेला पारेको र सँगै रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीलाई उद्धृत गर्दै त्यहाँका समाचारमा जनाइएको छ । हत्याको दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको उनले बताए।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


