Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कुमारीबागमा झैँझगडासँगै हँसिया प्रहार : एकको मृत्यु, एक जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २१
कुमारीबागमा झैँझगडासँगै हँसिया प्रहार : एकको मृत्यु, एक जना घाइते

काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिनुभयो ।

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उहाँको अवस्था पनि गम्भीर रहेको जनाइएको छ ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताउनुभयो । उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के–कति कारणले किन भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । रासस

naima expoTop Changing Nepal

युट्युब सट्स