Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बैतडीमा जिप १०० मिटर तल खस्यो : चार जना घाइते, दुईको अवस्था गम्भीर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २१

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–६ दुदिलाखानमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

दुर्घटनामा बझाङ केदारस्युँ गाउँपालिका–५ गौराडीका जिप धनबहादुर गुर्धामी, बझाङकै बुंगल नगरपालिका–९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली रहेका छन् ।

घाइतेमध्ये नरपति र कालीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

बझाङबाट डडेल्धुरा जाँदै गरेको से१ज १२२६ नम्बरको जिप आज बिहान ८ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेको हो । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स