प्रधानन्यायाधीश जबरा र महासचिव गौतमबीच दूषित साँठगाँठ रहेको शम्भु थापाको आरोप
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमबीच दूषित साँठगाँठ रहेको आरोप लगाएका छन् । संसद्का महासचिव गौतमले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको भन्दै जारी गरेको पत्रका सम्बन्धमा परेको रिटमा आज शुक्रबार बहस गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।
उनले जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र दिनुलाई ‘राजद्रोह’ को संज्ञा मेत दिए । उक्त रिटमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलगायतले बहस गरेका हुन् ।
संसद सचिवालयका महासचिव गौतमले जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च अदालत प्रशासनलगायत सम्बन्धित निकायमा पठाएपछि अहिले यो विषय तातेको छ । जबरा भने उक्त पत्रको आधारमा सर्वोच्च अदालतमा नियमित काममा फर्कन चाहन्थे । तर, बारको अगुवाईमा कानून व्यवसायीहरुले मूल गेटमै धर्ना दिएपछि उनको उक्त प्रयास असफल भएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


