Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

सीतापुरमा कार दुर्घटना : पाँच जना घाइते, तीनको अवस्था गम्भीर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २४
सीतापुरमा कार दुर्घटना : पाँच जना घाइते, तीनको अवस्था गम्भीर

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ ।

तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गर्न पुगेका उनीहरु फर्कने क्रममा कार झोलुङ्गे पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स